मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले कर प्रयोजनका लागि समेत हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस