आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस