Like us!
Follow us!
Connect us!
Watch us!

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन - अर्थमन्त्री

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १५ : ५३ मा प्रकाशित

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन - अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

 विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेको बताउँदै प्रदेश खारेजको कुनै योजना नरहेको बताए।

पत्रकारको एक प्रश्नमा उनले हालको अवस्थामा १ हजार रुपैयाँ र ५०० रुपैयाँका नोटमा प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने खनालले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको