Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १० : ३४ मा प्रकाशित

सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

सानिमा क्यापिटल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न एजेण्डा सहित असोज ३० गतेका लागि साधारणसभा बोलाएको हो । 

उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सुरु हुने छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको