साताको सेयर कारोबार हुने अन्तिम बिहीबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको बजार लगातार दोस्रो दिन पनि घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १३९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० अंकले घटेर ४५९.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भेन ४ वटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा समेत गिरावट आएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३७ हजार ५६२ पटक खरिद बिक्री हुँदा ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको थियो ।
आज सेयर बजारमा हिम स्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस