Like us!
Follow us!
Connect us!
Watch us!

बोर्ड अध्यक्षलाई कर्मचारी युनियनको चेतावनी : “निर्णय रोक्न नसके राजीनामा दिनुपर्छ”

अर्थ संसार

शनिबार, ११ असोज २०८२, ०९ : १४ मा प्रकाशित

बोर्ड अध्यक्षलाई कर्मचारी युनियनको चेतावनी : “निर्णय रोक्न नसके राजीनामा दिनुपर्छ”

नेपाल धितोपत्र बोर्डमा सक्रिय दुई कर्मचारी युनियनले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले हाल देखिएको संस्थागत अन्योलताले कामकाज प्रभावित भएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा बोर्डका कर्मचारीहरूले उच्च मनोबलसहित काम गर्न सक्ने वातावरण निर्माण गर्ने, संस्थागत निर्णयको स्पष्टता कायम गर्ने र हाल उत्पन्न भएको अनिश्चिततालाई अन्त्य गर्ने माग राखिएका छन्।

पत्रमा उल्लेख भएअनुसार, धितोपत्र सम्बन्धी ऐन २०६३ ले प्रत्याभूत गरेको अधिकार क्षेत्रभित्र बनेका नियमावली तथा त्यसैअनुसार सञ्चालक समितिबाट जारी भएका कार्यविधि अर्थ मन्त्रालयको पत्राचारका कारण प्रश्नमा परेका छन्। यसले गर्दा बोर्डको स्वायत्तता र वैधतामा नै संकट आउने देखिएको भन्दै यथाशीघ्र पहल गर्न अध्यक्षको ध्यानाकर्षण गराइएको छ।

युनियनहरूले वित्तीय क्षेत्रमा धितोपत्र बोर्डलाई आधारस्तम्भका रूपमा सबल बनाउन, कर्मचारीहरूको मनोबल जोगाउन र प्राविधिक कार्य प्रभावकारी बनाउन ठोस कदम चाल्न माग गरेका छन्।

अर्थ मन्त्रालयको पत्र कार्यान्वयन भए हाल पाउँदै आएको सुविधा मात्र कटौती हुँदैन, विगतमा पाएको रकम समेत फिर्ता गर्ने अवस्था आउने भएकाले कर्मचारी आन्दोलित भएका हुन्। उनीहरूको स्पष्ट भनाइ छ, "यो निर्णय रोक्न नसके बोर्ड अध्यक्षले जिम्मेवारीसहित राजीनामा दिनुपर्छ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको