Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जिले साधारणसभा कात्तिक १२ गते,  सेयरधनीको हात खाली

अर्थ संसार

सोमबार, २० असोज २०८२, ०७ : ४३ मा प्रकाशित

रावा इनर्जिले साधारणसभा कात्तिक १२ गते,  सेयरधनीको हात खाली

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले कात्तिक १२ गतेका लागि छैठौँ साधारणसभाको मिति तोकेको हो । 

उक्त सभा पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सभा सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने पेश गरेको छैन । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २६ गतेसम्म कायम सेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको