Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओकै मूल्यमा जोशी हाइड्रोपावरको संस्थापक सेयर किन्न पाइने

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, ०८ : २२ मा प्रकाशित

आईपीओकै मूल्यमा जोशी हाइड्रोपावरको संस्थापक सेयर किन्न पाइने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित करिब २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर आवेदकलाई बाँडफाँड गर्दा बाँकी बसेको सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ निर्धारण गरेको छ । बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा १० अंकले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइनेछ ।

यसका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको