नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचनामा तोडफोड गरेको आरोप लगाउँदै ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको छ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो । यसअघि मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाएको छ ।
दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस