खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।
यसरी बाँडफाँडपछि बाँकी बसेको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आउनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस