नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । देउवाको अनुपस्थितिको कारणबारे फरक–फरक भनाइ आएको छ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार सभापति देउवा स्वास्थ्यका कारण बैठकमा सहभागी नहुने भएका हुन्। देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले बताए ।
स्वकीय सचिव देउवाले अनौपचारिक बैठक भएकाले सभापति नजाने स्पष्ट पारेका छन् । उनले भने, ‘केन्द्रीय समितिको एजेन्डाबारे छलफल गर्न अनौपचारिक बैठक हो, त्यसैले उपसभापतिले बैठक सञ्चालन गर्नुहुन्छ।’
यसरी सभापति देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस