Like us!
Follow us!
Connect us!
Watch us!

हुलाकको सार्थकता घटेको छैन - सञ्चारमन्त्री खरेल

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १७ : ०९ मा प्रकाशित

हुलाकको सार्थकता घटेको छैन - सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो वैश्विक परिवेशमा हुलाक सेवाको महत्व अझ बढेको बताएका छन्। १५१ औं विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हुलाक सेवालाई समयानुकूल सुधार गर्दै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए।

‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’

सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए ।

मन्त्री खरेलले भने,‘स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्‍याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ ।' उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको