राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो।
भेटका क्रममा राष्ट्रपति पौडेलले आसन्न निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण तयार गर्न सरकारलाई सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी अघि बढाइरहेको र सोही अनुसार सरकार पनि आवश्यक तयारीमा जुटेको जानकारी राष्ट्रपति पौडेललाई दिएकी थिइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस