नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीमध्ये सबै भन्दा धेरै कम्पनी हाइड्रोपावर छ । बोर्डबाट आईपीओ जारी गर्नका लागि अनुमति पाउने प्रतिक्षामा ३७ वटा कम्पनी हरेका छन् । बोर्डले पनि चालु आर्थिक वर्षमा कुनै पनि हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्नका लागि अनमति दिएको छैन ।
चालु आवमा जम्मा ३ कम्पनीलाई मात्रै बोर्डले आईपीओ जारी गर्ने अनुमति दिएको छ । गत आवमा भने बोर्डले ६ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको थियो । अन्तिम पटक बोर्डले २०८२ साल असार १५ गते बुङ्गुल हाइड्रोपावरलाई आइपीओ जारी गर्नका लागि अनुमति दिएको थियो । त्यस यता कुनै पनि हाइड्रोले आईपीओ जारी गर्नका लागि बोर्डबाट स्वीकृति पाएका छैनन् ।
आईपीओ नआएको भए पनि हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई भने आईपीओ कै हाराहारीमा केही हाइड्रोपावरको सेयर खरिद गर्न सकिन्छ । अहिले दोस्रो बजारमा कारोबार भइरहेका ९४ वटा हाइड्रोपावर कम्पनीमध्ये ६ वटा हाइड्रोको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम रहेको छ । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ जारी गरिरहेको अवस्था छ । जसले गर्दा आईपीओ भर्नका लागि १०० रुपैयाँले मात्रै नपुग्ने अवस्था छ । पछिल्लो समय प्रिमियम मूल्यमा हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गरेको थियो ।
अहिले दोस्रो बजारमा २०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएको हाइड्रोपावरमा आँखुखोला जलविद्युत आयोजना, बलेफि हाइड्रोपावर, हिमाल दोलका हाइड्रोपावर, नेशनल हाइड्रोपावर, शिव श्री हाइड्रो पावर र अप्पर तामाकोशी हाइड्रापावर हरेका छन् । बिहीबारको कारोबार बन्द हुँदा आँखुखोलाको सेयर मूल्य १९२ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै बलेफिको सेयर मूल्इ पनि दोस्रो बजारमा १८६ रुपैयाँ रहेको छ । त्यस्तै हिमाल दोलखाको सेयर मूल्य १७९ रुपैयाँ ९० पैसा रहेको । त्यस्तै नेशनल हाइड्रोको सेयर मूल्य बिहीबार दोस्रो बजारमा १९८ रुपैयाँ रहेको छ । बिहीबार शिव श्री हाइड्रोको सेयर मूल्य १७८ रुपैयाँ र अप्पर तामाकोशीको सेयर मूल्य १८५ रुपैयाँ रहेको छ । हाइड्रो पावर क्षेत्रमा लगानी गर्न चाहाने लगानीकर्ताहरुका लागि यी हाइड्रोपावर उपयुक्त हुन सक्छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस