Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी छलफलका बीच पौडेल अस्वस्थ्य,चिकित्सकको निगरानीमा अस्पतालमा उपचार हुँदै

अर्थ संसार

शनिबार, २५ असोज २०८२, १४ : ४५ मा प्रकाशित

जेनजी छलफलका बीच पौडेल अस्वस्थ्य,चिकित्सकको निगरानीमा अस्पतालमा उपचार हुँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार बिहान अचानक स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना गरिएको छ। शीतल निवासमा जेनजी समूहसँगको छलफलका क्रममा अस्वस्थ्य महसुस भएपछि उनलाई तत्कालै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो।

राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्की, केही मन्त्रीहरू र २२ जना जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेका थिए। संवाद सुरु भएको केही समयमै पौडेलको मुटुमा असहजता महसुस भएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल लगिएको जनाइएको छ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले स्थिर छ र आवश्यक स्वास्थ्य परीक्षणका लागि निगरानीमा राखिएको छ।

यसबीच, शीतल निवास बाहिर केही युवाहरूले छलफलमा आफूहरूलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको