Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलको सन्देश: सहमति र संयमले मात्र निकास सम्भव

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २१ : २५ मा प्रकाशित

राष्ट्रपति पौडेलको सन्देश: सहमति र संयमले मात्र निकास सम्भव

राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेन जेड’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता प्रकट गरेका छन्। देशभर भएको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको ज्यान जाने र सयौं घाइते भएको समाचार सार्वजनिक भएपछि उनले शोक र पीडा व्यक्त गर्दै सबैलाई संयमित रहन आग्रह गरेका हुन्।

राष्ट्रपतिको सचिवालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा १९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने, अन्य स्रोतअनुसार प्रहरी गोली लागेर २० जनाले ज्यान गुमाएका छन्। करिब दुई सयभन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भइरहेका छन्।

घटनाप्रति मर्माहत भएका राष्ट्रपति पौडेलले मृत्यु भएकाहरूका परिवारलाई समवेदना प्रकट गर्दै घाइतेको तत्काल उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छन्। “अचानक उत्पन्न भएको यस घटनाले मलाई अत्यन्त दुःखी तुल्याएको छ,” राष्ट्रपति पौडेलले उल्लेख गर्दै, वर्तमान संवेदनशील अवस्थाको समाधान शान्ति र संयमतापूर्वक खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको