Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २६ असोज २०८२, ०७ : ३३ मा प्रकाशित

रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा साउन २२ गतेसम्म कायम सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यसअघि असोज १३ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको थियो ।

इच्छुक सेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो सेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन् । यसमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको