Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १० : २५ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र लाभांश घोषणा पछि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा बिहान साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । 

यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको