Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको विद्युत उत्पादन पुन:शुरू

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १३ : १३ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको विद्युत उत्पादन पुन:शुरू

पञ्चकन्य माई हाइड्रोपावर लिमिटेडले असोज १७ र १८ गतेको वर्षाका कारण अवरुद्ध विद्युत उत्पादन शुरू गरेको छ । अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले ईलाममा कम्पनीले प्रवद्र्धन गरिरहेको २ आयोजनामा क्षति पुगेपछि विद्युत उत्पादन ठप्प भएको थियो ।

अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा) को हेडवर्कस् र सिभिल संरचनाहरूमा र माई सि जलविद्युत आयोजना (५.१ मे.वा) को पावर हाउस र हेडवर्कस्मा क्षति पुगेपछि असोज १८ गते बेलुका पौने १० बजेदेखि विद्युत उत्पादन बन्द भएको थियो । 

वर्षा रोकिएसँगै कम्पनीले तदारुकताका साथ मर्मत सम्भार गरी असोज २६ गते बेलुकी करीब ८ बजेबाट प्लान्ट संचालनमा आई दुबै आयोजनाबाट विद्युत उत्पादन शुरू गर्न सफल भएको जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको