Like us!
Follow us!
Connect us!
Watch us!

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ - गृहमन्त्री अर्याल

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १५ : ३७ मा प्रकाशित

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ - गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिरहेको बताएका छन्।

ललितपुरमा सोमबार सम्पन्न चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन उद्घाटन गर्दै मन्त्री अर्यालले नेपाल प्राकृतिक विपद्‌को दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नु अत्यावश्यक भएको उल्लेख गरे।

उनले भूकम्प, बाढी, पहिरो, डुबान, आगलागीजस्ता घटनाले जनधनको क्षति मात्र नभई विकासको प्रक्रियामा समेत अवरोध ल्याउने बताए। विपद्लाई केवल प्राकृतिक नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग समेत जोडेर बुझ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। अर्यालले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचकयन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गरे।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए। धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिँदै उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ सरकारले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै उनले अब स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको