Like us!
Follow us!
Connect us!
Watch us!

गृहको प्रशासनिक हेरफेर: १८ सहसचिव सरुवा, १२ जिल्लामा नयाँ सीडीओ

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १० : २३ मा प्रकाशित

गृहको प्रशासनिक हेरफेर: १८ सहसचिव सरुवा, १२ जिल्लामा नयाँ सीडीओ

गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयका अनुसार जेठ १३ र २२ गते भएका निर्णयअनुसार उक्त सरुवा तथा पदस्थापन गरिएको हो। सरुवा तथा पदस्थापनमा परेका १८ सहसचिवमध्ये १२ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। बाँकी सहसचिवहरूलाई गृह मन्त्रालय तथा त्यसअन्तर्गतका विभिन्न निकायमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको