पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि वर्तमान गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।
गुरुङले आफ्नो आधिकारिक फेसबुक स्टाटसमा “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन” भन्दै कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने स्पष्ट सन्देश दिएका छन्।
उनले सो स्टाटसमार्फत ओली र लेखकलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै यसलाई कुनै पनि प्रकारको प्रतिशोध नभई न्यायिक प्रक्रियाको सुरुवातका रूपमा व्याख्या गरेका छन्।
“यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,” उनले उल्लेख गरेका छन्। साथै उनले अब देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका छन्।
हालै जेनजी प्रदर्शन प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै उच्च तहका नेताहरू पक्राउ परेपछि राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस