Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, ०७ : १९ मा प्रकाशित

जोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आएको छ । कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयरका लागि आवेदन नपरेपछि बाँकी बसेको थियो ।

बाँकी रहेको उक्त सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्र मार्फत् खरीदका लागि आह्वान गरेको हो । आवेदन दिंदा न्यूनतम १०० कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइनेछ ।

यसका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइनेछ । यसमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, संघसंस्था लगायत इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको