भगवति हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । कम्पनीको २५ औँ साधारणसभा आज पोखराको आव्या क्बलममा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभाले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी जारी पुँजी वृद्धि गर्ने, सञ्चालकमा नियुक्ति हुन कम्तीमा १०० कित्ता सेयर लिएको हुनुपर्ने र यसका लागि तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा असोज २० गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस