Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरीका रक्सी पहिले भन्दा कम बिक्यो,ईपीएस मात्र २७.१७ रुपैयाँ

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ०८ : २२ मा प्रकाशित

हिमालयन डिस्टिलरीका रक्सी पहिले भन्दा कम बिक्यो,ईपीएस मात्र २७.१७ रुपैयाँ

हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

यस्तो छ वित्तीय विवरण 

खुद नाफा
हिमालयन डिस्टिलरीको खुद नाफामा संकुचन आएको छ। अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो कम्पनीले यस वर्ष ६६ करोड १ लाख रुपैयाँ खुद नाफा मात्र आर्जन गरेको छ। यो ३७.५४ प्रतिशतले कम हो।

बिक्री बापतको आम्दानी

खुद नाफा घट्नुको कारण बिक्री बापतको आम्दानी देखिन्छ जुन २५.४२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष उत्पादन बिक्रीबाट ८ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ३८ करोड रुपैयाँको मात्र आम्दानी  गर्यो। 

सञ्चालक मुनाफा

कम्पनीको सञ्चालक मुनाफा मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ बाट घटेर ९५ करोड २ लाख रुपैयाँ पुगेको छ।  

चुक्तापुँजी
२ अर्ब ४२ करोड रुपैयाँ 

रिजर्भ
९२ करोड ३३ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो)

प्रतिसेयर आम्दानी (ईपीएस)
२७.१७ रुपैयाँमा (अघिल्लो वर्ष ४३.५० रुपैयाँ )

पीई रेसियो
८२.७४

प्रतिसेयर नेटवर्थ
१३८ रुपैयाँ 

रिपोर्टबाट प्रस्टै हुन्छ यस कम्पनीको खपत भएको छ। मुख्य तरलताको सकुचन र नेपालको आम्दानी घट्दा खर्च गर्ने शक्ति यसको असर रिपोर्टमा देखिएको छ। यस माथि सरकारले बजेट मार्फत गरेको अन्तः शुल्क वृद्धि र ब्याजदर बढ्नुको असर पनि कम्पनीको रिपोर्टमा देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको