साताको सेयर कारोबार हुने पहिलो दिन तथा तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य आज बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले घटेर ४३७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको सेयर मूल्य बढेको छ ।
परिसूचक बढेको दिन कारोबार रकम साढे २ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २७ हजार ८९९ पटक खरिद बिक्री हुँदा २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस