Like us!
Follow us!
Connect us!
Watch us!

आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थाले - शंकर पोखरेल

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, ११ : ५३ मा प्रकाशित

आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थाले  - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनमा भएको तोडफोड र आगजनीमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापाले एमालेमाथि लगाएका आरोपप्रति असहमति व्यक्त गरेका छन्।

केही दिनअघि दिएको एउटा अन्तर्वार्तामा महामन्त्री थापाले आफ्नो घरमा भएको लुटपाट र आगजनीमा एमालेका कार्यकर्ता, विशेष गरी अध्यक्ष केपी ओलीसँगको पहुँच भएका समूहको संलग्नता रहेको दाबी गरेका थिए।

यस दाबीको जवाफमा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगन थापालाई लक्षित गर्दै लेखेका छन्,  'लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौं। देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको