राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग गर्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका छन्।
प्रसाईंले स्पष्ट पार्दै भनेका छन् कि यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने वा नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने किसिमको हुनेछैन। उनका अनुसार अभियान पूर्वी मेचीदेखि पश्चिमी महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने जानकारी दिएका छन्।
मङ्सिर ७ गतेको महत्त्वबारे प्रसाईंले भने, ‘यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको दिन हो। त्यही सम्झौताका कारण देशमा राजसंस्था समाप्त भयो, हिन्दु अधिराज्य समाप्त भयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको प्रभावमा एनजीओ र आईएनजीओहरूले सरकार चलाएका छन्।’
प्रसाईंका अनुसार यो अभियानको उद्देश्य पशुपति तथा माता दुर्गालाई जोगाउने र घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउनु हो। उनले सबै नेपाली नागरिकलाई व्यवस्था परिवर्तनको लागि तयार हुन र मङ्सिर ७ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस