Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, ०८ : ४३ मा प्रकाशित

नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्स लिमिटेडले २ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ । तर तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
 

6902d58e8d654.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको