Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगको विद्युत कटौति विरुद्धको आन्दोलनकै क्रममा अस्ताए जिफन्टका उपाध्यक्ष गौतम

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १३ : ५८ मा प्रकाशित

उद्योगको विद्युत कटौति विरुद्धको आन्दोलनकै क्रममा अस्ताए जिफन्टका उपाध्यक्ष गौतम

नेपाल विद्युत प्राधिकरणले उद्योगमा विजुली काटेको विरोधमा आयोजित कार्यक्रममा बोल्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ । बोल्दै गर्दा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको हो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको