Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो - अर्थमन्त्री खनाल

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १६ : ०७ मा प्रकाशित

निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण  हो - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्।

 

‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा उनले निजी क्षेत्रले बनाएको भौतिक सम्पत्ति राष्ट्रकै भएको बताउँदै त्यसमाथिको आक्रमणले लगानी वातावरण बिगार्ने बताए ।

खनालले सञ्चारमाध्यमलाई ‘सम्पत्ति’ र ‘स्वामित्व’बीचको भिन्नता बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे। एनसेलको उदाहरण दिँदै उनले स्वामित्व परिवर्तन हुँदा पनि कम्पनीले सिर्जना गरेको सम्पत्ति देशमै रहने बताए। 'स्वामित्वमा गल्ती हुन सक्छ, तर सम्पत्तिमाथि क्षति पुर्याउन नहुने,' उनले भने।

उनका अनुसार विदेशी लगानीलाई ‘लुटपाट’ भन्ने धारणा फैलिँदा लगानीकर्ताको विश्वास घट्ने र आर्थिक वातावरण कमजोर हुने खतरा छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको