Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगमा लाइन काटिँदा राष्ट्रिय अन्तराष्ट्रिय लगानीकर्तामा कस्तो सन्देश जाला ?  - उद्योग संगठन मोरङ

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, ११ : २८ मा प्रकाशित

उद्योगमा लाइन काटिँदा राष्ट्रिय अन्तराष्ट्रिय लगानीकर्तामा कस्तो सन्देश जाला ?  - उद्योग संगठन मोरङ

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड महशुल नतिरेको भन्दै उद्योगमा लाइन काटेपछि उद्योग संगठन मोरङले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले एक विज्ञप्ति जारी गर्दै डेडिकेटेड तथा ट्रंक लाइन महशुल विवादको ठोस समाधान पहल गर्नुपर्नेमा सरकार परिवर्तन भए पिच्छे पटक पटक विवाद बल्झाई समग्र निजी क्षेत्रप्रति नकारात्मक भाष्य सिर्जना गर्न लागिएको प्रति ध्यानाकर्षण गराएको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकार, प्राधिकरण र निजी क्षेत्रको समन्वयनमा विवादित विषयलाई तत्काल न्यायोचित निरुपण गर्न माग गरिएको छ । ‘उद्योगहरुमा विद्युत आपूर्ति काटिदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुदाँ रोजगारी, राजश्व तथा बैंक ब्याज भूक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने ? तसर्थ, विद्युत आपूर्ति कटौती गरि उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सूचारु गरी त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई तत्कालै न्यायोचित निरुपणका लागी नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा जोडदार माग गर्दछौ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको