Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीको साधारणसभा आज बस्दै, के के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, ०८ : ०९ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीको साधारणसभा आज बस्दै, के के छन् एजेण्डा ?

तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको ८ औँ  वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेदेखि बस्दैछ ।

सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेतलाई मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने समावेश गरेको छैन। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरिसकेकाले कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू यस सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको