फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा सेयर बिक्रीमा राखेको छ । यसमा बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १०० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
बोलपत्र आज कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेभित्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस