नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोडको कारोबार भएको हो ।
आज ७ समूहको सेयर मूल्यमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७० प्रतिशत र जीवन बीमा समूहको १.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस्तै, ७२ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको हो । सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको हो ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस