मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँ चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस