Like us!
Follow us!
Connect us!
Watch us!

उतारचढावबीच दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १५ : ११ मा प्रकाशित

उतारचढावबीच दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१७ अकंले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको कारोबार भएको हो ।

आज ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशतले सेयर मूल्य बढेको छ । बुधबार १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने स्थिर देखिएको छ । 

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३२ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको