चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले करिब २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो तीन महिनामा बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो । वितीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्म बैंकको यस्तो आन्दानी ४ अर्ब १४ करोड २ लाख रुपैयाँ रहेको थियो ।
यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँबाट घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।
चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस