Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य घट्यो नेपाल बैंकको नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ०८ : ३१ मा प्रकाशित

सामान्य घट्यो नेपाल बैंकको नाफा, ईपीएस कति ?

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि चालु कर खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १२.७५ प्रतिशत र सञ्चालन मुनाफा ३२.८१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको