Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ०८ : ५५ मा प्रकाशित

तीन महिनामा  कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ ।

खुद ब्याज आम्दानी बढेपनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा भने समीक्षा अवधिमा सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको निष्क्रिय कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको