Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नाफा घट्यो, तीन महिनामा कमायो ५५ करोड ८४ लाख

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ०९ : १२ मा प्रकाशित

प्रभु बैंकको नाफा घट्यो, तीन महिनामा कमायो ५५ करोड ८४ लाख

प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो ।

तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा  भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ४० करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.५१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४० करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.७८ प्रतिशतमा आइपुगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको