एनआईसी एशिया बैंकले वित्तिय प्रतिवेदनमा सुधार गरेको छ । गत आथिएक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राय सबै सूचकहरु सुधारोन्मुख देखिएको हो ।
बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ । यो त्रैमासमा कुल १२ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २८ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
एनआईसी एशिया बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । १९ करोड ३५ लाख रुपैयाँ संचालन मुनाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ लाख रुपैयाँ रहेको छ । एशिया बैंकको प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ २१ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस