Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनाको वित्तीय अवस्था : सिद्धार्थ बैंकको नाफासहित ईपीएसमा गिरावट

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १० : ५९ मा प्रकाशित

तीन महिनाको वित्तीय अवस्था : सिद्धार्थ बैंकको नाफासहित ईपीएसमा गिरावट

वित्तीय रुपमा कमजोर हुँदै गएको सिद्धार्थ बैंक थप संकटको बाटोमा अघि बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचक कमजोर हुँदै गएको देखिएको हो ।

बैंकको नाफामा समेत गिरावट देखिएको छ । तीन महिनाको अवधिमा बैंकको नाफा १५.१७ प्रतिशतले घटेर ३२ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो । उक्त नाफा अन्य वाणिज्य बैंकको तुलनामा निकै कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा समेत ओरालो लागेको छ । यसअवधिमा बैंकको सञ्चालन नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५०करोडमा खुम्चिएको वित्तीय विवरणमा उल्लेख गरेको छ । बैंकको खु्द ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा समेत उच्च छ । समिक्षा अवधिसम्ममा बैंकको खराब कर्जा ३.८० प्रतिशत रहेको छ । कम्पनीको चुक्तापुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यता, जगेडा कोष भने १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा आइपुगेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी समेत घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पु्गेको छ । प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ । सुन्दर प्रसाद कडेलको नेतृत्वमा रहेको बैंक पछिल्लो समय वित्तीय रुपमा कमजोर हुँदै गएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको