Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको नाफा १३ प्रतिशतले बढ्यो, प्रतिसेयर आन्दानी कति ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : २० मा प्रकाशित

सानिमा बैंकको नाफा १३ प्रतिशतले बढ्यो, प्रतिसेयर आन्दानी कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सानिमा बैंकको नाफा १३.८६ प्रतिशतले वृद्धि भएको छ । बैंकले तीन महिनामा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि २७.९१ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो । बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

बैंकको  संचालन मुनाफा १४.९४ प्रतिशतले वृृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । सानिमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको