Like us!
Follow us!
Connect us!
Watch us!

स्टयान्डर्ड चार्टड बैंकको नाफा १९ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : ३० मा प्रकाशित

स्टयान्डर्ड चार्टड बैंकको नाफा १९ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

स्टयान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सम्मको अवधिमा १९ प्रतिशतले नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १९.७२ प्रतिशतले घटेको हो । 

समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफा १९.७२ प्रतिशले घटेको छ । बैकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ८.३६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै, सञ्चालन नाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाखमा सिमित भएको छ । त्यसको असर बैंकको नाफामा परेको छ ।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले एक खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा बैंक ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको विवरणले देखाएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ३६.४० रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको