हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ७० करोड २८ लाख रुपैयाँ नाफा कमाएको हो ।
बैंकले चालु आर्थिक वर्षमा गत आवको भन्दा ३.२४ प्रतिशतले नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यता, बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ । तीन महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस