नेपाल एसबिआई बैंक लिमिटेडले तीन महिनामा ५० करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा उक्त नाफा कमाएको हो ।
चालु आवको पहिलो तीन महिनामा बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३४.४३ प्रतिशतले घटेको हो । गत आवको तीन महीनामा कमाएको खुद नाफा ८१ करोड ४६ लाख रुपैयाँ रहेको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २९.९० रुपैयाँबाट घटेर १८.४१ रुपैयाँमा झरेको छ ।
बैंकले असोज मसान्तसम्म १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । त्यसैगरी बैंकको सञ्चालन नाफा १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर ७१ करोड ५७ लाख रुपैयाँमा झरेको छ भने खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँबाट घटेर १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँमा झरेको छ ।
चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९३.१६ रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब १२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस