Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा कति ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १२ : ०७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा कति ?

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा २०.२४ प्रतिशत घटेको हो।

बैंकले सो अवधिसम्ममा १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ। 

बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको