Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको मुनाफा २५ करोड, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १२ : १३ मा प्रकाशित

गरिमा विकास बैंकको मुनाफा २५ करोड, अन्य सूचक कस्ता ?

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी १.१९ प्रतिशतले बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ करोड २३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३५ करोड ७६ लाख रुपैयाँ पुराएको हो । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा समेत ४.७३ प्रतिशत रहेको हो । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६६.३८ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको