नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो २१ फागुनमा हुने निर्वाचनमा सक्रिय सहभागिता सुनिश्चित गर्न मतदाता परिचयपत्र बनाउन आग्रह गरेका छन्। थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै नागरिकहरूलाई मतदाता परिचयपत्र बनाउन अनुरोध गरेका हुन्।
महामन्त्री थापाले भिडियोमा भनेका छन्,‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ ‘तर, चुनावमा भोटरको रुपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनुहोला ।
उनले निर्वाचन आयोगको वेबसाइटमा गएर वा पहिले नै दर्ता भएका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचयपत्र बनाउन सकिने बताएका छन्।
थापाले भनेका छन्,'आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो सहभागिता सुनिश्चित गर्न आजै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरौँ,निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका साथीहरूबाट जानकारी लिएर भोटर आईडी कार्ड बनाउनुहोला ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस